सप्तकोशी डेभलपमेन्टको लाभांश घोषणा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सप्तकोशी डेभलपमेन्टको लाभांश घोषणा

काठमाडौं : सप्तकोशी डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट ६% लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५÷७६ को सञ्चित मुनाफाबाट ६% बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

यसर्थ, बैंकले ४ करोड ७२ लाख २६ हजार ७०३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।

गत वर्ष सप्तकोशीले ५.०३% नगद लाभांश र ३% बोनस सेयर गरी कुल ८.०३% लाभांश वितरण गरेको थियो ।

Read More
  • MBL - below news