नयाँ बीमा कम्पनीको आइपीओ निष्काशनमा ढिलाई किन ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नयाँ बीमा कम्पनीको आइपीओ निष्काशनमा ढिलाई किन ?

नयाँ बीमा कम्पनीहरुले कारोबार सुरु गरेको २ वर्ष वितीसक्दा पनि साधारण शेयर (आइपीओ) निष्कासन गर्न सकेका छैनन। कारोबार सुरु गरेको २ बर्ष पुरा भैसकेका ९ तथा कारोबार सुरु गरेको १ बर्ष भएको महालक्ष्मी लाइफ मध्ये कुनैले पनि आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आबेदन समेत दिन सकेका छैनन्। 

त्यस्तै निर्जीवन तर्फका ३ वटा कम्पनीले पनि कारोबार सुरु गरेको २ बर्ष बित्न लागेको छ। तर पनि उनिहरुले समेत आइपीओ निष्काशनका लागि बोर्डमा आबेदन दिन सकेका छैनन्। 

महालक्ष्मी बाहेक रिलायन्स, रिलायबल, आइएमई, ज्योति, सन नेपाल, युनियन, सिटिजन्स, प्रभु, सानिमा लाइफ तथा सानिमा, जनरल, अजोड़  इन्स्योरेन्सले आर्थिक बर्ष २०७४/०७५ को बार्षिक साधारणसभाबाट आइपीओ निष्काशनको प्रस्ताव पारित समेत गरिसकेका छन। तर पनि कुनैले पनि आइपीओ निष्काशन गर्न सकेका छैन। 

Read More