मेगा बैंकको थप ४ वटा एक्सटेन्सन काउन्टर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मेगा बैंकको थप ४ वटा एक्सटेन्सन काउन्टर

मेगा बैंक नेपाल लिमिटेडले उपत्यकामा थप चार वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।काठमाडौँंको टोखा नगरपालिकाको झोर, भक्तपुरको सूर्यविनायक नगरपालिकाको गाम्चा, भक्तपुरकै भक्तपुर नगरपालिकाको कमलविनायक र ललितपुरको ललितपुर महानगरपालिकाको सुनाकोठीमा मेगा बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो । अब मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २५ पुगेको छ ।

एक्सटेन्सन काउन्टरको विस्तारपछि सेवाग्राहीहरुलाई सहज हुने मेगा बैंकको विश्वास छ । ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका उपत्यकासहित देशभर १ सय ११ वटा शाखा कार्यालयहरु, ११४ वटा एटीएम, ११९ वटा शाखारहित बैंकिङ सेवा र ३ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल रहेको छ ।

Read More
  • MBL - below news