काठमाडौं । ३० देखि ४० वर्षको उमेरमा गरिने कुनै पनि वित्तीय निर्णयले मानिसको जीवनमा ठूलो असर पार्नसक्छ । यो समयमा राम्रो निर्णय गर्न सकिएन भने जीवन पनि सोचे अनुसार अघि बढ्न सक्दैन । त्यसैले आफ्नो जीवन सोचेको जस्तो बनाउन ३० देखि ४० वर्षको उमेरमा गर्न नहुने केही गल्ती यहाँ उल्लेख गरिएको छ –
१. वित्तीय लक्ष्य निर्धारण नगर्नु
मानिसको जीवनमा ३० देखि ४० वर्षमा स्पष्ट अल्पकालीन तथा दीर्घकालीन लक्ष्य निर्धारण गर्नुपर्छ । साथै, वित्तीय लक्ष्य निर्धारणको लागि यो निकै उपयुक्त समय पनि हो । ६० वर्षको हाराहारीमा मनिसले अवकाश लिनेबारे सोचिरहेका हुन्छन् । यस्तोमा ३०–४० को उमेरमा आफ्नो वित्तीय लक्ष्य निर्धारण गरेर त्यसअनुसार अघि बढ्नुपर्ने एला फाइनान्सियल ग्रूपका रायल मार्सल बताउँछन् । त्यस्तै, बोन फिडे वेल्थका संस्थापक तथा अध्यक्ष डोउग्लस बोनपर्थ पनि अवकाशपछि आफ्नो हातमा केही रकम बचोस् भन्ने चाहने सबै मानिसले अहिलेदेखि नै आफ्नो वित्तीय लक्ष्य निर्धारण गरेर त्यसैअनुसार काम गर्नुपर्ने बताउँछन् । ३० देखि ४० को उमेरमा आफ्नो वित्तीय लक्ष्य निर्धारण गर्नुले मानिसलाई वित्तीय निर्देशन दिने र सोही अनुसार सफलता पनि दिलाउने उनको तर्क छ । मानिसले अल्पकालीनरूपमा ५ वर्ष र दीर्घकालीनरूपमा १० देखि १५ वर्षको वित्तीय लक्ष्य निर्धारण गरेर त्यसका लागि लगानी गर्दा आफूले चाहेको लक्ष्य प्राप्त गर्न सक्ने विश्लेषकहरूको भनाइ छ । यसबाट अवकाशपछि आफूले चाहे अनुसारको रकम हात पर्नसक्छ ।
२. अवकाशपछिको बारेमा नसोच्नु
अर्थशास्त्रीहरू अवकाशपछिको लागि पनि केही रकम जम्मा गर्दै जानु महŒवपूर्ण हुने बताउँछन् । ३०–४० वर्षमा शुरू गरिएको बचतमा चक्रीय ब्याजको शक्तिले अवकाशको समयमा राम्रो रकम हात पर्ने भएकाले यो समय अवकाशको लागि लगानी शुरू गर्ने निकै राम्रो समय रहेको कोलोराडोस्थित पर्कर कम्पनीका फाइनान्सियल प्लानर कलेब प्याडोकको तर्क छ । अवकाशपछिको लागि आफ्नो कमाइको १५ प्रतिशत बचत गर्नु उचित हुने उनको धारणा छ ।
३. खर्चको हिसाब नराख्नु
...








