सानिमा हाइड्रोलाई गाभ्ने निर्णयबाट सानिमा माई हाइड्रो पछि हट्याे, कारण यस्ताे छ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सानिमा हाइड्रोलाई गाभ्ने निर्णयबाट सानिमा माई हाइड्रो पछि हट्याे, कारण यस्ताे छ

रविन पाैडेल ।

सानिमा माई हाइड्रोपावर (SHPC) ले सानिमा हाइड्रोपावरलाई नगाभ्ने भएको छ। हाइड्रोपावरले छैठौं वार्षिक साधारणसभाबाट पारित गरी सातौं वार्षिक साधारणसभामा समेत निरन्तरता दिइएको सानिमा हाइड्रोपावरलाई गाभ्ने प्रस्तावलाइ स्थगित गरेको हो।

हाइड्रोपावरको आइतबार आह्वान आठौं वार्षिक साधारणसभामा कम्पनीका महाप्रबन्धक सकुन्द ओझाले अहिले शेयरको भाउ कम रहेकाले कम मूल्याँकन हुने र स्वाप रेशियो कम आउने आंकलन गरी गाभ्ने प्रस्ताव स्थगित गरिएको जनाएका छन्। उनले भविष्यमा आवश्यक परे फेरि अन्य कम्पनीहरुलाई गाभ्ने तर अहिललेलाई भने गाभ्ने प्रस्ताव स्थगित गरिएको जनाए। 

कम्पनीले हाइड्रोपावरलाई गाभ्ने प्रस्ताव अघि बढाउन विभिन्न कानुनी अस्पस्टता, प्रकृयागत जटिलता साथै हालको अवस्थामा कम्पनी गाभ्नु आर्थिक दृष्टिकोणले उपलब्धिमुलक नदेखिएकोले हाललाई गाभ्ने प्रस्ताव स्थगित गरिएको जनाएको छ।

साधारणसभामा शेयरधनीहरुले हाइड्रोपावरले वितरण गर्ने प्रतिफललाई अझै बढाउनुपर्ने सुझाव राखेका थिए। सभामा महाप्रबन्धक ओझाले आगामी वर्षमा राम्रो प्रतिफल दिन सक्दो कोसिस गर्ने बताए। उनले गत आर्थिक वर्षमा आम्दानी बढेपनि अन्य हाइड्रोपावर कम्पनीहरुमा लगानी बढाउँदा लाभांश दर नबढेको जानकारी दिए।

त्यसैगरी सभामा शेयरधनीहरुले कम्पनीलाई इनर्जी बैंकिङमा लगानी बढाउन, अन्तर्राष्ट्रिय संस्थाहरुलाई बैंकिङ पार्टनर बनाउन तथा लगानी गर्दा नगद प्रवाहलाई ध्यान दिन सुझाएका थिए।

  •  १० प्रतिशत लाभांश पारित

सानिमा माई हाइड्रोपावरको आठौं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ।

यसैगरी बोनस शेयर जारी पश्चात जारी तथा चुक्ता पूँजी वृद्धि गरि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन र नियामक निकायबाट कुनै संशाेधन तथा परिमार्जन गर्न निर्देशन आएमा सोही अनुसारको कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत सभाले पारित गरेको छ।

कम्पनीले लाभांश वितरण प्रयोजनका लागि पुस ७ गते शेयरधनी दर्ता किताब बन्द गरेकाले पुस ६ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको लाभांश पाउनेछन्।

Read More