माछापुच्छ्रे बैंकले ल्यायो ‘किसान कार्ड सेवा’


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे बैंकले ल्यायो ‘किसान कार्ड सेवा’

माछापुच्छ्रे बैंकले ‘किसान कार्ड सेवा’ संचालनमा ल्याएको छ।

सान किसानको कृषि व्यवसायमा आवश्यक पर्ने चालू पूँजी खर्च परिपूर्ति गर्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको हो।

बैंकले यूकेएड सक्षम ‘एक्सेस टु फाईनान्स प्रोग्राम’ र ‘हेफर ईन्टरनेशनल नेपाल’संगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई किसान कार्ड दिने भएको छ।

किसान कार्डमार्फत किसानहरुले ४ लाख रुपैयाँसम्मको कृषि कर्जा प्राप्त गर्छन्।

पहिलो चरणमा बाँके जिल्लाको खजुरा गाउँपालिकामा रहेको साझा फुलबारी उद्यमी महिला सहकारीका कृषकहरुलाई उक्त कार्ड प्रदान गरी सेवाको सुरुवात गरिने भएको छ।

सो कृषि कर्जाको आवेदन तथा स्विकृती प्रकिृया बैंकले क्रेडिट स्कोरिङ मोडेलबाट सरल तरिकाले गर्ने बताएको छ।

बैंकको हालसम्म १४४ वटा शाखा, १३८ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २८२ स्थानबाट बैंकिङ सुविधा
दिदैं आएको छ। बैंकको देशभर १७२ वटा एटीएममार्फत सेवा दिइरहेको छ।

Read More
  • MBL - below news