कुमारी बैंकको लाभांश बोनस डिम्याट खातामा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंकको लाभांश बोनस डिम्याट खातामा

कुमारी बैंक लिमिटेडले बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ। बैंकले बुकक्लोजभन्दा अघिल्लो दिनसम्म अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको डिम्याट खातामा सो शेयर जम्मा गरेको हो।

गत असोज ११ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भदौ २९ गते बुकक्लोज गरेको थियो।

हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई बैंकले शिघ्र शेयर अभौतिकीकरण गराई हितग्राही खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ। बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड रहेको छ।

Read More