फेसबूकको शेयर अहिलेसम्मकै उच्च विन्दुमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
फेसबूकको शेयर अहिलेसम्मकै उच्च विन्दुमा

पुस २७, सान फ्रान्सिस्को (अमेरिका) । सामाजिक सञ्जाल फेसबूकको शेयर मूल्य अहिलेसम्मकै उच्च विन्दुमा उक्लिएको छ । शुक्रवार इन्ट्राडेको कारोबारमा शेयर मूल्य प्रतिकित्ता शून्य दशमलव ७२ प्रतिशतले बढेर २१९ डलर ८८ सेन्टमा पुगेको थियो । यो अहिलेसम्मकै उच्च हो । यद्यपि, बजार बन्द हुँदा भने शेयरमा वृद्धि अघिल्लो दिनको तुलनामा शून्य दशमलव ११ प्रतिशत मात्रै थियो । 

बिहीवार पनि बजार बन्द हुँदा शेयर मूल्य कीर्तिमानी उचाईमा पुगेको थियो । यस्तो रेकर्ड यस अघि सन् २०१८ को जुलाई २५ मा मात्रै देखिएको थियो । तर त्यसको एक दिन पछि सन् २०१८ को जुलाई २६ मा भने कम्पनीले अनपेक्षित रुपमा मुनाफा मार्जिन खुम्चिरहेको चेतावनी दिएपछि भने फेसबुकको शेयर मूल्य १९ प्रतिशतले घटेको थियो । त्यति बेला कम्पनीले प्रयोगकर्ताको तथ्यांकको सुरक्षा नगरेको र झुट्टा समाचार प्रवाहमा तीव्र वृद्धि भएको भन्दै कम्पनीको निकै आलोचना भएको थियो । 

Read More