कुमारी बैंकले १०% बोनस सेयर सेयरधनीको खातामा पठायो, नपाएकाले के गर्ने ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
  कुमारी बैंकले १०% बोनस सेयर सेयरधनीको खातामा पठायो, नपाएकाले के गर्ने ?

 

काठमाडौं - कुमारी बैंकले आफ्नो सेयरधनीको डिम्याट खातामा १०% बोनस सेयर पठाउन थालेको छ । बैंकको असोज ११ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर कर प्रयोजनार्थ ०.५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त पारित भएको बोनस सेयर बैंकले गत भदौ २८ गतेसम्म सेयर डिम्याट गराएकाहरुको डिम्याट खातामा पठाइदिएको हो । 

 

भदौ २८ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ । तर अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरीने बैंकले जनाएको छ ।

Read More