एनएमबि बैंकले ३५ प्रतिशत लाभांश दिने भएको छ । बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा हालै स्टाफ कलेज जावलाखेलमा सम्पन्न २४औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष ०७५/७६ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले बैंक सञ्चालक समितिमा संस्थापक सेयरधनीबाट पवनकुमार गोल्यान, एफएमओको तर्फबाट निको पिल र कर्मचारी संचयकोषको तर्फबाट राजेन्द्र काफ्ले तथा सर्वसाधारण सेयरधनीको तर्फबाट शिरिशकुमार मुरारका, योगेन्द्रलाल प्रधान र उत्तम भ्लोनलाई निर्वाचित गरेको छ ।
...








