इन्टरनेट अनिवार्य : जहाँ पुग्यो त्यहीँ आवश्यक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
इन्टरनेट अनिवार्य : जहाँ पुग्यो त्यहीँ आवश्यक

एक दशक अगाडिसम्म विलासिता मानिएको इन्टरनेट हिजोआज हरेक व्यक्तिको आवश्यकता भएको छ। बिहान उठेदेखि राति नसुतुन्जेलसम्म मानिस कुनै न कुनै रूपमा इन्टरनेटमै जोडिइरहेका हुन्छन्। घरमा बस्दा इन्टरनेटबिना बस्नै नसक्ने र बाहिर निस्कँदा पनि जहाँ पुग्यो त्यही इन्टरनेट सुविधा खोज्ने गरिन्छ। घरमा बस्दामात्रै हैन घरबाहिर कार्यालय, रेस्टुरेस्ट, होटल, पार्क, कुनै नयाँ स्थान जहाँ पुग्यो त्यहीँ इन्टरनेट खोजी हुन्छ।

हिजोआज पहिलो आवश्यकता वाइफाइ हुन थालेको छ। त्यतिमात्रै हैन, युवा कुनै स्थानमा घुम्न पुगे वा सहरबाट बाहिर निस्किएर पदयात्रामा गए पनि आवश्यकता इन्टरनेटकै हुने गर्छ। मानवीय जीवनयापनलाई सहज बनाउने मात्रै नभएर अनिवार्य आवश्यकता भएको छ, इन्टरनेटको प्रयोग।

इन्टरनेट प्रयोगबाट हिजोआज सबै काम सहज हुने गरेका छन्। इन्टरनेटको माध्यमले विश्वको कुनै पनि कुनाको सूचना र सन्देश आदानप्रदान मात्रै नभएर जीवनशैलीलाई सहज बनाएको छ। सेवा र सुविधा लिन सहज भएकाले पनि यो अनिवार्य बनेको नेपाल टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारी बताउँछन्। ‘प्रविधिको विकाससँगै इन्टरनेटमा धेरै परिवर्तन आइसकेको छ। असीमित क्षमतामा चलाउन र आवश्यकताअुनसार जहिले जहाँ पनि प्रयोग गर्न सकिने भएको छ’, उनले भने, ‘पहिले टेलिफोनमा इन्टरनेट चल्थ्यो, अहिले इन्टरनेटमा टेलिफोन चल्छ।’

Read More