सानिमा बैंकको विस्तारित काउन्टर बुढानिलकण्ठको सुन्दरबस्तीमा !


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको विस्तारित काउन्टर बुढानिलकण्ठको सुन्दरबस्तीमा !

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो विस्तारित काउन्टर सुन्दरबस्ती बुढानिलकण्ठमा खोलेको छ । उक्त काउन्टरको समुद्घाटन् बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्घव प्रसाद खरेल, बैंकका ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) द्वारा संयुक्त रुपमा भएको छ ।

 

समारोहमा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्घव प्रसाद खरेलले सानिमा बैंकको वित्तीय सेवा सुन्दरबस्तीमा पनि विस्तार गरेकोमा सानिमा बैंकलाई धन्यवादका साथै शुभकामना व्यक्त गरे ।

 

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सानिमा बैंक सुन्दरबस्तीमा पहिलो वाणिज्य बैंकको रुपमा उपस्थित भई बैंकिङ्ग सेवा विस्तार गर्न पाएकोमा स्थानिय वासी समक्ष खुशी व्यक्त गरे र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता व्यक्त गरेका छन् ।

Read More
  • MBL - below news
  • EBL Ad news