कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ६२ करोड ६४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ५ प्रतिशत बढेको हो । सो अवधिमा कम्पनीले रू. ५९ करोड ८४ लाख नाफा कमाएको थियो । हाल कम्पनीको चूक्तापूँजी रू. ८ अर्ब ८९ करोड छ । १६ प्रतिशत बोनस शेयर वितरणपछि पूँजी रू. १० अर्ब ३१ करोड पुग्नेछ । कम्पनीले जगेडा कोषका लागि रू. ४ अर्ब ३९ करोड छुट्याएको छ । प्रतिशेयर आम्दानी रू. २८ दशमलव २७, मूल्य आम्दानी अनुपात ९ दशमलव ३७, तरलता अनुपात २४ दशमलव ४९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६७ दशमलव १२ छ । कम्पनीको मंसिर ६ गते सम्पन्न वार्षिक साधारणसभाले शेयरधनीका लागि १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । मंगलवार कम्पनीको शेयरमूल्य रू. २३८ कायम भएको हो ।
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम इन्भर्टेड ह्याम्मर आकृति बनेको छ ।
...









