सानिमा बैंक लिमिटेड र नेपाल मेडिसिटी हस्पिटलबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ।
यस सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबी सिंह गड्तौला र नेपाल मेडिसिटी हस्पिटलको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन्।
यस सम्झौताअन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन्।
साथै प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ७ प्रतिशतसम्म छुट पाउँनसक्ने छन्।








