मुक्तिनाथ विकास बैंकको १३ औं वार्षिक उत्सव, डिजिटल माध्यमद्धारा १८ वटा शाखा उद्घाटन !


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
 मुक्तिनाथ विकास बैंकको १३ औं वार्षिक उत्सव, डिजिटल माध्यमद्धारा १८ वटा शाखा उद्घाटन !
काठमाडौं । मुक्तिनाथ विकास बैंकले १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेश गरेको अवसरमा १८ वटा शाखा विस्तार गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ १८ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको हो ।
 
काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनँहुको आँबुखैरेनी, लमजुङ्गको बेसीशहर, चितवनको टाँडी, नवलपुरको गैंडाकोट,पाल्पाको रामपुर, दाङ्गको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी,झापाको काँकरभिट्टा, ईलामको इलाम, धनकुटाको धनकुटा, सुनसरीको दुहवीमाऔपचारीक रुपमा शाखा उद्घाटन गरेको हो । उक्त समारोहको समुद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले बताए ।
 
अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे । उक्त उद्घाटन समारोहमा बैंकका पूर्व सञ्चालक, वर्तमान सञ्चालक, संस्थापक सेयरधनी तथा बैंकका उच्चपदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad