बैंकबाट ऋण लिनेलाई अबदेखि नेपाल राष्ट्र बैंकको नयाँ नियम लागू


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
 बैंकबाट ऋण लिनेलाई अबदेखि नेपाल राष्ट्र बैंकको नयाँ नियम लागू

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ऋणीलाई नयाँ नियम लागू गरेको छ । १ करोडसम्म ऋण लिनेमात्र अनिवार्य प्यान (PAN) नम्बर लिनु पर्ने व्यबस्था परिवर्तन हुँदै अब ऋणीले ५० लाखसम्मको ऋण लिदा पनि अनिवार्यरुपमा प्यान (PAN) नम्बर लिनु पर्ने भएको छ । व्यवसायिक कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसाय गर्न ऋणीको ऋण तिर्न सक्ने क्षमताको आधारमा बढीमा २० लाखसम्मको कर्जा धितो खाख्न पाहिने ।

परियोजना कर्जाको रुपमा साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित रु १० लाखसम्मको असल कर्जाको धितो सुरक्षणमा वार्षिक ५ प्रतिशतबाट घटाएर ३ प्रतिशत व्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराइने व्यवस्था रहेको छ । यस्तो पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ७ प्रतिशतभन्दा बढी व्याज लिन पाउने व्यवस्था लागुभएको छ, यस अधि १० प्रतिशत सम्म व्याज लिइदै आइएको थियो । वाणिज्य बैंकहरुले आफ्नो चुक्ता पूँजिको न्यूनतम २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने भएको छ ।

.....

Read More
  • MBL