सेवा बिस्तारमा मुक्तिनाथ आक्रामक, एकैदिन १८ शाखाको उद्घाटन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सेवा बिस्तारमा मुक्तिनाथ आक्रामक, एकैदिन १८ शाखाको उद्घाटन

मुक्तिनाथ विकास बैंक पछिल्लो समय शाखा सञ्जाल बिस्तारमा आक्रामक बन्दै गएको छ । 

अधिकांश वित्तीय सूचकमा विकास बैंकहरुमै अग्रणी बन्दै आएको यो बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा एकैपटक १८ वटा शाखाको डिजिटल उद्घाटन गरेको छ । 

मुक्तिनाथ विकास बैंकले १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेशको अवसरमा काठमाण्डौमा रहेको केन्द्रीय कार्यालयबाटै १८ शाखाको डिजिटल उद्घाटन गरिएको हो । 

काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनँहुको आँबुखैरेनी, लमजुङ्गको बेसीशहर, चितवनको टाँडी, नवलपुरको गैंडाकोट, पाल्पाको रामपुर, दाङ्गको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी,झापाको काँकरभिट्टा, ईलामको इलाम, धनकुटाको धनकुटा, सुनसरीको दुहवीमा औपचारिक रुपमा शाखा समुद्घाटन गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

शाखा उद्घाटनसँगै वार्षिकोत्सवका लागि तयार विशेष समारोहको समुद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले गरेका थिए । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad