तरलता अधिक भएपछि बैंकिङ प्रणालीबाट १० अर्ब खिच्दै राष्ट्र बैंक


  • KBL News Ad
  • ADBL
  • City Express
तरलता अधिक भएपछि बैंकिङ प्रणालीबाट १० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं : बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी ‘तरलता’ भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा तान्ने भएको छ । केन्द्रीय बैंकले बिहीबार १० अर्ब रुपैयाँको ‘रिभर्स रिपो’ मार्फत नगद खिच्न लागेको हो । राष्ट्र बैंकले एक हप्ताका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी रिभर्स रिपो जारी गरेको हो ।

रिभर्स रिपोमा सहभागी हुन चाहने बैंकहरुले आज बिहीबार (पुस १७ गते) दिउँसो २ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ । यो रिपो पुस २४ गते परिपक्क हुनेछ । बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अत्याधिक भएका बेला राष्ट्र बैंकले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्न) रिभर्स रिपो जारी गर्छ भने तरलता कम भएका बेला रिपोमार्फत बैंकिङ प्रणालीमा पैसा पठाउने गरिन्छ ।

Read More
  • EBL Ad news