सिर्जना फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा


  • ADBL
  • City Express
सिर्जना फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

सिर्जना फाइनान्स (SFFIL) ले लाभांश प्रस्ताव पारित गर्न माघ ११ गते साधारण सभा डाकेको छ। सो सभा उद्योग संगठनको सभाकक्ष, विराटनगरमा बिहान ११ बजेदेखि शुरु हुनेछ।


सभामा सञ्चालक समितिले निर्णय गरे बमोजिम १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले माघ ३ गतेदेखि साधारण सभा सम्पन्न नभएसम्म शेयर दाखिल खारेज दर्ता बन्द गर्नेछ। यस अनुसार माघ २ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
फाइनान्सले यसअघि बिक्री गरेको ६० प्रतिशत हकप्रद शेयरले समेत पाउनेगरी उक्त बोनस प्रस्ताव गरेको हो।

हकप्रद बिक्रीपछि फाइनान्सको चुक्ता पूँजी ७३ करोड ७२ लाख ५१ हजार रुपैयाँ रहेको छ। बोनस वितरणपश्चात भने ८४ करोड ७७ लाख पुग्नेछ ।

Read More