'क्यास डिपोजिट मेसिन’ राख्न बैंकको ढिलाइ, राष्ट्र बैंक भन्छ- बैंकहरू नयाँ काम गर्नै चाहँदैनन्


  • KBL News Ad
  • ADBL
  • City Express
'क्यास डिपोजिट मेसिन’ राख्न बैंकको ढिलाइ, राष्ट्र बैंक भन्छ- बैंकहरू नयाँ काम गर्नै चाहँदैनन्

काठमाडौं- चालू आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमा ‘बैंक तथा वित्तीय संस्थामा नगद जम्मा गर्न  क्यास डिपोजिट मेसिन (सिडिएम) राख्नुपर्ने व्यवस्था मिलाइनेछ’ भन्ने उल्लेख छ। तर बैंक तथा वित्तीय संस्थाले भने मौद्रिक नीतिमा भएको त्यो व्यवस्थालाई कार्यान्वयन गर्न चासो दिएका छैनन्। 

राष्ट्रिय वाणिज्य बैंकले प्रधान कार्यालय सिंहदरबार र नेपाल एसबिआई बैंकले दरबारमार्गमा यस्तो मेसिन राखे पनि अन्य बैंकहरुले भने यसको कार्यान्वयन गरेका छैनन्।

एटिएम मेसिनबाट खातामा भएको पैसा झिकेजस्तै सिडिएम मेसिनबाट खातामा पैसा जम्मा गर्न सकिन्छ। मेसिनबाटै व्यक्तिको खातामा नगद जम्मा गरेपछि मेसिनले नै त्यसको रसिदसमेत उपलब्ध गराउँछ। यस्तो मेसिन राख्दा जुनसुकै बेला पनि बचतकर्ताले त्यहाँ पैसा राख्न सक्ने, बैंक पुग्नै पर्ने झन्झटबाट मुक्ति हुने र बैंकको निक्षेप वृद्धिमा पनि सकारात्मक प्रभाव अपेक्षा गरिएको छ। तर बैंकहरुले भने सिडिएम कार्यान्वयनका लागि चासो देखाएका छैनन्। 

मौद्रिक नीति कार्यान्वयन तथा बैंक/वित्तीय संस्थाको नियामकको जिम्मेवारी सम्हालेको नेपाल राष्ट्र बैंकले यो व्यवस्था कार्यान्वयनमा ल्याउन परिपत्र गरेको छैन। तर, मौद्रिक नीतिमा उल्लेख भएको विषयलाई बैंक, वित्तीय संस्थाले आफैं कार्यान्वयनका लागि पहल गर्नुपर्ने बताउँछन् राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला। ‘बैंकहरुलाई सिडिएम राख्न मौद्रिक नीतिबाट नै ६ महिना अगाडि जानकारी भएको हो। तर यो व्यवस्था कार्यान्वयन गर्न बैंक उत्साहित देखिएका छैनन्,' निरौलाले भने, ‘बैंकहरूले नयाँ काम गर्नै चाहँदैनन्। पुरानै तरिकाले सजिलैसँग व्यवसाय गर्न खोज्नु हाम्रो समस्या हो।' १० लाख रुपैयाँ बराबरको मेसिनका खरिदका लागि पैसा खर्च नगर्ने परिपाटी बैंक वित्तीय संस्थामा रहेको समेत उनले बताए। 

...

Read More
  • EBL Ad news