बैंक तथा वित्तीय संस्थालाई भ्रमण वर्ष प्रबर्द्धनमा सहयोग गर्न राष्ट्र बैंकको निर्देशन


  • KBL News Ad
  • ADBL
  • City Express
 बैंक तथा वित्तीय संस्थालाई भ्रमण वर्ष प्रबर्द्धनमा सहयोग गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नेपाल भ्रमण वर्ष २०२० को  प्रबर्द्धनमा सहयोग गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले भ्रमण वर्षको पुर्वसन्ध्यामा बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो ।

राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई आफ्नो वेवसाइट लगायत अन्य सामाजिक संञ्जालमा भ्रमण वर्ष २०२० को लागो र सचिवालयको वेवसाइटको लिंक राख्न निर्देशन दिएको छ ।

यस्तै पर्यटकको आवागमन बढी हुने प्रमुख पर्यटकीय गन्तव्यमा नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयसंग समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यटकलाई सहज हुने किसिकको शौचालय, डस्टवीन,पिउने पानी तथा विश्राम स्थल जस्ता पुर्वाधार बनाउने कार्यमा सहभागिता जनाउन केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

Read More
  • EBL Ad news