काठमाडौं - ग्लोबल आइएमई बैंकले १२.७५% नगद लाभांश आफ्नो सेयरधनीहरुको बैंक खातामा पठाउन थालेको छ । बैंकले नेपाल क्लियरिङ हाउसको आइपीएसमार्फत सेयरधनीको बैंक खातामा नगद जम्मा गरिदिएको हो । यता, बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न पनि भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।