सिद्धार्थ बैंकले ल्यायो 'महिला उद्यमशील कर्जा' योजना सञ्चालनमा, यस्ता छन् सुविधाहरु


  • KBL News Ad
  • ADBL
  • City Express
सिद्धार्थ बैंकले ल्यायो 'महिला उद्यमशील कर्जा' योजना सञ्चालनमा, यस्ता छन् सुविधाहरु

काठमाडौं - सिद्धार्थ बैंकले महिला उद्यमीहरुलाई लक्षित गर्दै महिला उद्यमशीलता विकासको लागि पन्ध्रलाखसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ “महिला उद्यमशील कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ ।
सो कर्जाका लागि नेपाल राष्ट्र बैंकद्धारा प्रधान गराईने सहुलियतपूर्ण कर्जा अनुसार बैंकले आफनो आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिनेछ र ६ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ । 
महिला उद्यमशील कर्जा सुविधा साना महिला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नका लागि उल्लेख सहयोग पु¥याउने बैंकको विश्वास रहेको छ । ९० प्रतिशत सम्म फाइनान्सिङ सुविधा (अधिकतम रू १५ लाख सम्म), वार्षिक ६.०२५ सम्मको आकर्षक ब्याजदर , प्रशासनिक शुल्क नलाग्ने, अग्रिम भुक्तानी शुल्क नलाग्ने, सरल भुक्तानी सुविधा र ५ कार्य दिन भित्रै कर्जा स्वीकृत हुने यस कर्जा योजनाका प्रमुख आकर्षणहरू हुन्।

Read More
  • EBL Ad news