पुस दोस्रो साता कुन बैंकले कस्ता प्रोडक्ट बजारमा ल्याए ? हेर्नुहोस् 'विक्ली प्रोडक्ट रिपोर्ट' (विवरणसहित)


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 पुस दोस्रो साता कुन बैंकले कस्ता प्रोडक्ट बजारमा ल्याए ? हेर्नुहोस् 'विक्ली प्रोडक्ट रिपोर्ट' (विवरणसहित)

 

काठमाडौँ - बैंकले आफ्नो ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्नको लागि नयाँ नयाँ प्रोडक्ट बजारमा ल्याउने क्रम जारी छ । पुस दोस्रो साता यी ४ बैंकले आफ्नो नयाँ प्रोडक्ट बजारमा ल्याएको छ।

 

काठमाडौं । नबिल बैंक लिमिटेडले ३ वटा नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गरी उक्त कर्जा योजना सार्वजनिक गरेको हो । बैंकले सक्षम र यूके एडसँगको सहकार्यमा नविल नारी कर्जा, नविल सजिलो एसएमई कर्जा र नविल सजिलो एक्स्प्रेस कर्जा योजना ल्याएको हो ।

 

नबिलले यी तिनै कर्जा योजनामा सस्तो ब्याजदर तोकेको छ । नविल नारी कर्जा र नविल सजिलो एसएमई कर्जामा ५ दिन भित्र स्वीकृत हुने पनि  बैंकले जनाएको छ । बैंकको अर्को कर्जा योजना हो नविल सजिलो एक्स्प्रेस कर्जा योजना । यो योजना अन्तर्गत १५ लाखदेखि ७५ लाखसम्मको कर्जा ३५ घण्टामै दिने व्यवस्था मिलाइएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले जानकारी दिए ।

 

बैंकले नबिल नारी कर्जा अन्तर्गत वार्षिक ९.९९ प्रतिशत व्याजमा ५ लाखदेखि १ करोड ५० लाखसम्म कर्जा दिनेछ भने ५० हजारसम्मको क्रेडिट कार्ड सुविधा,  १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, ३ लाखसम्मको जटिल रोग उपचार बीमा, ७५ हजारको टर्मलाईफ बीमा सुविधा रहेको छ । 

...

Read More
  • MBL - below news