काठमाडौं : रिलायन्स लाइफ इन्सुरेन्सले ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । इक्रा नेपालले यो आइपीओलाई मध्यम किसिमको सुरक्षा जनाउने ‘इक्रा एनपी आइपीओ ग्रेड ४’ रेटिङ दिएको हो । रेटिङ गरेसँगै कम्पनीले अब नेपाल धितोपत्र बोर्ड आवेदन दिनुपर्नेछ । बोर्डबाट अनुमति पाएपछि आइपीओ जारी गर्नेछ ।
यस आधारमा रिलायन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ६३ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणमा बिक्री खुला गर्नेछ । कम्पनीले आइपीओ जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
रिलायन्सले जारी पुँजीको ३०% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । हाल यस कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । यही जारी पुँजीको ३०% रकम बराबरको आइपीओ ल्याउन लागेको हो ।









