अब सिद्धार्थ बैंकमा अनलाइनबाटै विदेशी मुद्रा माग गर्न सकिने


  • KBL News Ad
  • ADBL
  • City Express
अब सिद्धार्थ बैंकमा अनलाइनबाटै विदेशी मुद्रा माग गर्न सकिने

काठमाडौं– सिद्धार्थ बैंकले आफ्नो सेवा सुविधालाई थप सहज र प्रविधिमैत्री बनाउनलाई सस्तो टिकेटसँग सहकार्य गर्दै विशेष सुविधा ल्याएको छ । 

यस सुविधा अन्तर्गत बैंकका ग्राहकहरुले सस्तो टिकेट मार्फत अनलाइन टिकेट खरिद गरिसकेपछि त्यहि प्ल्याटफर्मबाट नै सजिलैसँग विदेशी मुद्राको माग गर्न सक्नेछन् ।

ग्राहकहरुले माग गरेको विदेशी मुद्रा, नगद अथवा कार्ड, बैंकका तोकिएका शाखाहरुमध्ये आफुलाई सहज हुने शाखाबाट सजिलै संकलन गर्न सक्नेछन् ।

बैंकिङ्ग समयभित्र सजिलैसँग विदेशी मुद्रा अथवा कार्ड संकलन गर्न सकिने भएको हुँदा यस सुविधाले ग्राहकहरुको समयको बचत हुने बैंकले विश्वास लिएको छ । 

Read More
  • EBL Ad news