नेपालमा सञ्चालित वाणिज्य बैंकहरूमध्येले मात्र ०७५/७६ को लाभांश घोषणा गरेको छैन । बैंकले नेपाल राष्ट्र बैंकमा लाभांश स्वीकृतिका लागि पेस गरिसकेको सेन्चुरी कमर्सियल बैंकका सूचना अधिकृत मनोज न्यौपानेले बताए । उनका अनुसार राष्ट्र बैंकबाट स्वीकृति अन्तिम चरणमा रहेकाले यही साता लाभांश घोषणा हुनेछ । अधिकांश वाणिज्य बैंकको लाभांश साधारणसभाबाट पारित भइसक्दा सेन्चुरीका सेयरधनी भने लाभांशको पर्खाइमा छन् । बजार घटिरहँदा कम्पनीको लाभांशले राहत दिने सेयरधनीहरू बताउँछन् ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २७ वाणिज्य बैंकमध्ये एनसिसी बैंक र हिमालयन बैंकले लाभांश घोषणा गरे पनि साधारणसभाको टुंगो दिएका छैनन् । अहिले बजारमा आठ वाणिज्यको साधारणसभा हुँदै छ भने १७ ले सम्पन्न गरी लाभांशसमेत पारित गरिसकेका छन् । यिनीहरूमध्ये सबैभन्दा बढी एनएमबी बैंकले ३५ प्रतिशत र सिभिल बैंकले सबैभन्दा थोरै ५ दशमलव ५७ प्रतिशत घोषणा गरेको छ ।








