नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई थप १५ प्रतिशत साधारण सेयर निष्कासन गर्न निर्देशन दिएको छ । बैंकको सर्वसाधारण सेयर ताकेभन्दा कम रहेकाले १५ प्रतिशत थप साधारण सेयर (एफपिओ) निष्कासन गर्न पत्र पठाएको हो । हाल बैंकको ८५ प्रतिशत संस्थापक सेयर र १५ प्रतिशत सर्वसाधारण सेयर संरचना रहेको छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)मा बैंक तथा संस्थाले न्यूनतम ३० प्रतिशत साधारण सेयर सर्वसाधारणलाई जारी गर्नुपर्ने व्यवस्था रहेको छ । बैंकले १५ प्रतिशत थप साधारण सेयर निष्कासन गरेपछि सेयर संरचना संस्थापक ७० र सर्वसाधारण ३० रहनेछ ।
हिमालयन बैंकको सबैभन्दा ठूलो संस्थापक सेयर पाकिस्तानको हबिब बैंकको नाममा रहेको छ । ....








