काठमाडौं । दोस्रो बजारमा बुधबार ऋणपत्रको पनि कारोबार भएको छ । कम्पनीले ऋणपत्र निष्काशनपश्चात दोस्रो बजारमा सूचीकृत गराए पनि कारोबार भने हुने गरेको छैन । बुधबार सानिमा बैंकको प्रतिकित्ता ९६३ रुपियाँमा ४ करोड ८१ लाख ५० हजार बराबरको ५० हजार कित्ता ऋणपत्र खरिद बिक्री भएको छ ।
ब्रोकर नम्बर ३८ दिपशिखा धितोपत्र कारोबार कम्पनीबाट उक्त ऋणपत्र खरिद तथा बिक्री भएको हो ।








