काठमाडौं : आगामी २०७७ साउन १ गते देखि बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय (गोएमएल) माध्यमबाट मात्रै प्रतिवेदन पेश गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका नाममा निर्देशन जारी गर्दै शंकास्पद क्रियाकलापको सूचना दिन, जोखिम मुल्यांकन प्रतिवेदन पेश गर्ने र सम्पत्ती शुद्धिकरणसम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गरेको जनाएको छ ।
साथै, केन्द्रीय बैंकले २०७६ माघ १ गतेदेखि वाणिज्य बैंकहरुलाई विद्युतीय माध्यमबाट प्रतिवेदन पेश गर्नुपर्ने निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाले वित्तीय जानकारी इकाईमा पेश गर्नुपर्ने सीमा तथा शंस्कास्पद कारोबार/क्रियाकलापको प्रतिवेदनलाई कोर बैंकिङ प्रणालीमा अद्ययावधिक गर्न यस्तो व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।