अधिकृत (सिइओ) लागि गत आर्थिक वर्षमा २ करोड २९ लाख ८९ हजार रुयैयाँ खच गरेको छ । बैंकका सिइओमा युवा बैंकर अशोक शेरचन छन् ।
बैंकले अशोक शेरचनलाई गत आर्थिक वर्ष १ करोड ८० लाख ७४ हजाररुपैयाँ तलब, २३ लाख ३६ हजार रुपैयाँ बोनस, २५ लाख ७८ हजार रुपैयाँ दशैं तथा बिदा वापत भत्ता गरी कुल २ करोड २९ लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ । बैंकले खर्च गरेको सवै रकम सिइओको खल्तीमा जादैन । आफ्नो केही पतिशत कम सरकारलाई कर तिरेको छन् ।
त्यसैगरी, बैंकले उच्च व्यवस्थान तहमा रहेका अन्य कर्मचारीका लागि गत वर्ष २ करोड ३१ लाख ५ हजार रुपैयाँ, खर्च गरेको छ ।
जसमा तलव/भत्ता १ करोड ९८ लाख रुपैयाँ, बोनस १७ लाख ९९ हजार रुपैयाँ, दशै तथा विदा वापत भत्ता १५ लाख ६ हजार गरी कुल २ करोड ३१ लाख ५ हजार रुपैयाँ खर्च गरेको हो । बैंकले कर्मचारीहरुका लागि बोनस सहित १ अर्ब ७४ करोड ७७ लाख ६० हजार ९५० रुपैयाँ खर्च गरेको छ । त्यसै गरी बैंकले संचालक खर्च १ अर्ब ३३ करोड ५८लाख ४५ हजार ९५८ रुपैयाँ खर्च गरेको छ ।









