एनएमबि क्यापिटलले बुधबार २० प्रतिशत नगद लाभांश पारित गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनएमबि क्यापिटलले बुधबार २० प्रतिशत नगद लाभांश पारित गर्ने

काठमाडौं । एनएमबि बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबि क्यापिटलले बुधबार साधारण सभा गर्दैछ । 

होटल मनास्लु, लाजिम्पाट, काठमाडौंमा अपरान्ह ४ बजे सभा सुरु हुनेछ । यस कम्पनीका शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश समेत सभाले पारित गर्नेछ । 

साथै गत आर्थिक वर्ष २०७५-७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आव २०७६-७७ का लागि सार एसोसियट्सलाई पुनः नियुक्ति गर्नेछ । 
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफा तथा नियमहरुका संशोधन गर्ने र यसको जिम्बेवारी सञ्चालक समितिलाई दिनेछ । 

Read More
  • MBL - below news