नेपाल बंगलादेश बैंकका सिइओ ज्ञानेन्द प्रसाद ढुंगानाको तलब/भत्ता १ करोड ४१ लाख, कार्यालय खर्च ५० करोड, कर्मचारीको कति ?


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
नेपाल बंगलादेश बैंकका सिइओ ज्ञानेन्द प्रसाद ढुंगानाको तलब/भत्ता १ करोड ४१ लाख, कार्यालय खर्च ५० करोड, कर्मचारीको कति ?

नेपाल बंगलादेश बैंक लिमिटेडको कार्यकारी अधिकृत (सिइओ)  का लागि गत आर्थिक वर्षमा १ करोड ४१ लाख रुपैयाँ खर्च गरेको छ । ज्ञानेन्द्र प्रसाद ढुंगाना नेपाल बंगलादेश बैंकको सिइओ   हुन् ।
सिइओ ढुंगानाले गत आर्थिक वर्ष तलब तथा भत्ता १ करोड ४१ लाख रुपैयाँ, बोनस, उत्पादन संचयकोष तथा आषधि उपचार खर्च समेत पाएका छन् ।  बैंकबाट लिएको तलव भत्ताबाट सिइओ ढुंगानाले राज्यलाई कर समेत तिरेका छन् ।
त्यसै गरी बैंकले संचालकहरुको बैठक भत्ता (समितिको बैठक भत्ता समेत) गरी २१ लाख ७४ हजार रुपैयाँ, प्रबन्धक तहका कर्मचारीको लागि तलब ३ करोड ७९ लाख ३४ हजार ८७८ रुपैयाँ, भत्ता १० करोड ९१ लाख ४९ हजार १९९ रुपैयाँ खर्च गरेको छ । त्यसै गी बैंकले कर्मचारीहरुका लागि ९७ करोड ९८ लाख ७० हजार ९ सय रुपैयाँ खर्च गरेको छ   ।

Read More
  • EBL Ad news