आकर्षक लाभांश प्रस्ताव गरेको नबिल बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आकर्षक लाभांश प्रस्ताव गरेको नबिल बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । गत आर्थिक वर्षको मुनाफाबाट आकर्षक लाभांश प्रस्ताव गरेको नबिल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षका लागि १२ प्रतिशत बोनस सेयर प्रस्ता गरेको नबिल बैंकको सेयरमूल्य समायोजन गरेको छ । नेप्से सेयरमूल्य समायोजन गर्ने नबिल बैंकको प्रतिकित्ता सेयर ६६९.६४ रुपैयाँ कायम गरेको छ । समायोजित मूल्यअनुसार नबिल बैंकको कारोबार खुल्नेछ ।

नबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस सेयरसहित २२ प्रतिशत नगद लाभांश (लाभांश कर) सहित वितरण गर्ने प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांश बैंको पुस २२ गते हुने ३५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ ।

बैंकले साधारणसभा र लाभांश प्रयोजनका लागि आज मंगलबारदेखि बुक क्लोज गरेको छ । यसको अर्थ हिजो सोमबार (पुस ७ गते) सम्म कायम सेयरधनीहरुमात्र साधारणसभा र लाभांशका लागि योग्य हुनेछन् । 

Read More
  • MBL - below news