पुस ७, काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडको २५ औं वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ ।
उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७५/ ७६सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई ५प्रतिशत बोनश शेयर र ७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) दिने प्रस्ताव स्वीकृत गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्यसँग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरुको संशोधन पनि स्वीकृत गरेको छ ।







