लक्ष्मी बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न,१५% लाभांश पारित


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
लक्ष्मी बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न,१५% लाभांश पारित

पुस ६, काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको १९  औं वार्षिक साधारणसभा आइतवार सम्पन्न  भएको छ ।

साधारण सभाले बैंकको चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्तापूँजी रू.९ अर्ब ८१ करोड पुगेको छ ।

सभाले आर्थिक वर्ष २०७५/ ७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै साधारण सभाले संस्थापक शेयरधनीका तर्फबाट मनोनित सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ । 

Read More
  • MBL