नेपाल राष्ट्र बैंकले बैंकबाट व्यवसायी हटाउन कडा कदम चाल्ने संकेत गरेको छ। व्यापारिक घरानाका सिमित व्यक्तिहरुले मात्रै कर्जाको उपभोग गर्दा साना र मझौला व्यवसायीले कर्जा नपाउने अवस्था उत्पन्न भएपछि यस्तो कदम चाल्न लागिएको राष्ट्र बैंकले जनाएको छ।
धितो राख्न सक्ने र धितो हुने साना र मझौला व्यवसायीले सहजरुपमा कर्जा पाउन छाडेपछि राष्ट्र बैंकले बैंक चलाउने व्यवसायीलाई बैंकबाट अलग राख्ने नीति लिन लागेको राष्ट्र बैंकका एक अधिकारिले बताए।
राष्ट्र बैंकका ति अधिकारिकाअनुसार संसदमा दर्ता भएको बैंक तथा वित्तीय संस्थालाई नियमन गर्न बनेको ऐन, बाफियाको संसोधन प्रस्तावमा व्यवसायी र उसको एकाघर परिवार बैंक तथा वित्तीय संस्थाको संचालक हुन् नपाउने व्यवस्था छ। यद्दपी एक बैंकका संचालकले अर्को बैंकबाट कर्जा लिने र अर्कोको संचालकले एक बैंकबाट कर्जा लिने 'मिलिभगत' को अवस्था ब्यापक रहेको, प्रमोटर सेयर धितोमा राखेर कर्जा लिने गरेकाले प्रमोटर सेयर धितो राखेर कर्जा दिने व्यवस्थाको अन्त्य गर्न आवश्यक रहेको राष्ट्र बैंकको निष्कर्ष रहेको ति अधिकारिको भनाई छ।