निर्यात व्यापार सन्तोषजनक : राष्ट्र बैंक


  • KBL News Ad
  • ADBL
  • City Express
निर्यात व्यापार सन्तोषजनक : राष्ट्र बैंक

काठमाडौँ — नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको बताएकाे छ । पहिलाे चाैमासिकमा कूल वस्तु निर्यात २३ दशमलव शून्य नौ प्रतिशतले वृद्धि भई रु ३६ अर्ब २८ करोड पुगेको छ ।

अघिल्लो वर्षको याेअवधिमा निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४५ दशमलव शून्य छ प्रतिशतले वृद्धि भएकोराष्ट्रबैंकले बताएकाेछ ।


बै‌कका अनुसार चीन तथा अन्य मुलुकतर्फ भने निर्यात घटेको छ । गत वर्षको यसै अवधिको तुलनामा चालू आवको कात्तिक मसान्तसम्म चीनतर्फ छ प्रतिशत र अन्य मुलुकतर्फ चार दशमलव सात प्रतिशतले निर्यातमा कमी आएकोछ। भारततर्फ नेपालको तेल, अलैँची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधिलगायतवस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुसलगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंकको आव २०७६ /७७ का चार महिनाको वित्तीय स्थितिअनुसार कूल वस्तु आयात छ दशमलव नौ प्रतिशतले घटेर चार खर्ब ५० अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको यसअवधिमा यस प्रकारको आयात ३५ दशमलव शून्य आठ प्रतिशतले बढेको थियो । अन्य मुलुकबाट १० दशमलव शून्य नौ प्रतिशतले घटेको छ भने चीनतर्फ भने १२ दशमलव शून्य आठ प्रतिशतले बढेको छ ।

Read More
  • EBL Ad news