देव विकास बैँकको १८ करोड हिनामिना प्रकरणः ५ जना सञ्चालक समिति सदस्य जनही १२ लाख धरौटीमा छुटे


  • ADBL
  • City Express
देव विकास बैँकको १८ करोड हिनामिना प्रकरणः ५ जना सञ्चालक समिति सदस्य जनही १२ लाख धरौटीमा छुटे

दाङ । तत्कालीन वेष्टर्न डेभलमेन्ट हालको देव विकास बैँक नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दाका अभियुक्तमध्ये हालसम्म २३ जना धरौटीमा छुटेका छन् । पाँच जना सञ्चालकहरु अदालतमा हाजिर भएर जनही १२ लाख धरौटिमा छुटेका छन् भने एक जना बैँक सञ्चालक समिति सदस्य अझै पनि फरार रहेका छन् ।

उच्च अदालत तुलसिपुरका शाखा अधिकृत मानबहादुर विष्टले ६ जना बैँक सञ्चालकहरुलाई बैँक हिनामिनामा मुद्धा दायर भएकोमा पाँच जना वैँक सञ्चालक अदालतमा उपस्थित भएर धरौटीमा छुटेको र बैंक सञ्चालक समिति सदस्यहरुमध्ये खड्ग बुढाथोकी अदालतमा अझै उपस्थिति नभएको जानकारी दिए । बैंक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी, बैँक सञ्चालक समितिका सदस्यहरु अर्जुन बुढाथोकी, निर्मल देवकोटा, वेगमबहादुर भण्डारी, शेषमणि गौतम जनही १२ लाख धरौटीमा छुटिसकेको विष्टले बताए ।

उच्च अदालतले बैंक सञ्चालक, कर्मचारी, केही खातावालहरुलाई धरौटीमा छोड्न दिएको आदेशविरुद्ध सरकारी वकिल कार्यालय सर्वोच्चमा निवेदन दिएको छ । सरकारी वकिल कार्यालयको निवेदनमा थुनेर कारवाही गर्नुपर्नेलाई अदालतले धरौटीमा छोड्न आदेश दिएको भन्दै त्यसको विरुद्ध सरकारी वकिल सर्वोच्च गएको हो । सो मुद्धामा केही थुनिएकाहरु पनि उच्च अदालतको आदेश विरुद्ध सर्वोच्चमा निवेदन गरेका छन् । बैंक रकम हिनामिनामा पाँच जना पुर्पक्ष गएका छन्  भने ५ जना साधारण तारीखमा छुटेका छन् ।

Read More