मलंगवा– प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सर्लाहीको मलंगवा नगरपालिका ९ स्थित मलंगवामा २०१औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको मलंगवा शाखा कार्यालयको उद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरे ।
बैंकको मलंगवामा शाखा कार्यालयको उद्घाटन गर्दै साहले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।









