राष्ट्र बैंक रिभर्स रिपोमार्फत १० अर्ब खिच्दै


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंक रिभर्स रिपोमार्फत १० अर्ब खिच्दै

नेपाल राष्ट्र बैंकले पुस ३ गते बिहीबार १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको छ। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको हो।

रिपोमा सहभागी हुन चाहने बैंकहरुले दिउँसो २ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अत्याधिक भएपछि राष्ट्र बैंकले फेरि तरलता प्रशोचन (बैंकिङ प्रणालीमा धेरै भएको रकम खिच्न) १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको हो।

राष्ट्र बैंकले ७ दिनका लागि पुस १० गते परिपक्व हुने गरी उक्त रिभर्स रिपो जारी गरेकोे हो। जसअनुसार बैंकहरुले पुस ११ गते सो रकम फिर्ता पाउनेछन्। यो किन्नका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने छ। बोलकबोलमा परेको आवेदनबाट भारित औषतमा व्याजदर निर्धारण गरिने राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ।

Read More
  • EBL Ad news