काठमाण्डौ । गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको लाभांश पारित गर्दै मुक्तिनाथ विकास बैंकको १३ औँ वार्षिक साधारणसभा आज सोमबार पोखरामा सम्पन्न भएको छ ।
सभामा गत वर्षको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल १८.५३ प्रतिशत लाभांश पारित भएको छ । प्रस्तावित लाभांशमा चुक्तापुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँको १७.६० प्रतिशतले हुन आउने ६४ करोड ७२ लाख ७७ हजार ३३८ रुपैयाँबराबरको बोनस सेयर र ०.९३ प्रतिशतले हुन आउने ३ करोड ४० लाख ६७ हजार २२८ रुपैयाँबराबरको नगद लाभांश ९लाभांश प्रयोजनका लागि० रहेको छ ।
सभाले चुक्तापुँजीको २० प्रतिशतले हुन आउने हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ । बोनस सेयर र २० प्रतिशत हकप्रद सेयर जारीपछि बैंकको चुक्तापुँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार ४८६ रुपैयाँ पुर्याउने प्रस्ताव पनि सभाले पारित गरकेो छ ।
यसैगरी सभाले विशेष प्रस्तावमा राखिने अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग एकआपसमा प्राप्ति वा समाहित तथा गाभ्ने वा गाभिने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने, सोका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति दायित्वको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता, लेखापरीक्षक नियुक्त गर्नेलगायतका आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियार दिने अजेन्डामा पनि पारित गरेको छ।









