सिर्जना फाइनान्स (SFFIL) ले हकप्रदमा बिक्री नभएका शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ। कम्पनीले पुस ७ गतेदेखि ३ लाख २० हजार ७४२ कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो।
फाइनान्सले बिक्रीमा ल्याएको २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयरमा २ लाख ८ हजार ५२३ कित्ता संस्थापक र १ लाख १२ हजार २१९ कित्ता साधारण शेयरगरी कूल ३ लाख २० हजार ७४२ कित्ता शेयर बिक्री नभएपछि उक्त शेयर लिलामीमा आउने भएको हो।
फाइनान्सले गत असोज १७ देखि मंसिर ६ गतेसम्म चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ कित्ता शेयरको अनुपातामा २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो।
बिक्रीमा ल्याइएको उक्त शेयरमा २४ लाख ४३ हजार ९५० कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी शेयर लिलामीमा आउने भएको हो। लिलामी शेयरमा लगानकिर्ताले पुस १४ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।
फाइनान्सको लिलामी शेयरमा लगानीकर्ताले सनराइज क्यापिटल, सनराइज बैंकको तोकिएका ७ शाखा कार्यालय र सिर्जना फाइनान्स मार्फत आवेदन दिन सक्नेछन्।
इच्छुक लगानकिर्ताले कम्तिमा १ सय रुपैयाँ वा सो भन्दा बढी प्रतिस्पर्धि मूल्य अंकित गरी आवेदन पेश गर्न सक्नेछन्। अधिकतम मूल्य अंकित गरी आवेदन गर्ने लगानकिर्तालाई प्राथामिकतामा राखि क्रमैसँग लिलामी शेयर बाँडफाँड गरिने छ।
लगानीकर्ताले बैंकको लिलामी संस्थापक शेयरमा न्यूनतम एक हजार कित्ता र सर्वसाधारण शेयरमा १०० कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरीदको लागि आवेदन दिन पाउनेछन्। लगानकिर्ताले सो सीमाभित्र रहेर आफुले लिन चाहेको शेयर कित्ता उल्लेख गरी बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।