अपाङ्ग बाल अस्पताललाई सिद्धार्थ बैंकको आर्थिक सहयोग


  • KBL News Ad
  • ADBL
  • City Express
अपाङ्ग बाल अस्पताललाई सिद्धार्थ बैंकको आर्थिक सहयोग

सिद्धार्थ बैंकले अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले अस्पताललाई दशलाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

बैंकका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका कार्यकारी र चिकित्सा निर्देशक डा. विवेक बाँसकोटालाई सहयोग रकम प्रदान गरेका हुन् । बारा र पर्साका शारीरिक अशक्तता भएका बालबालिकाको आवश्यक शल्यक्रिया, फिजियोथेरापी तथा सहायक सामाग्री प्रदान गर्ने कार्यका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम प्रदान गरेको  बैंकले जनाएको छ । यसबाट बारा र पर्सा जिल्लाका २०० अपाङ्ग बालबालिकाको उपचारमा प्रत्यक्ष सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

Read More
  • EBL Ad news