नेपाल राष्ट्र बैंकले दश अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै !


  • KBL News Ad
  • ADBL
  • City Express
 नेपाल राष्ट्र बैंकले दश अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ। बैंकले ९१ दिन र ३६४ दिन अवधिका लागि  ट्रेजरी बिल जारी गर्ने भएको हो ।
राष्ट्र बैंकद्वारा जारी हुने उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिनेछ। पुस १ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्। 


९१ दिन अवधिका जारी हुने ८ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलआगामी चैत ४ गते परिपक्व हुनेछ भने ३६४ दिन अवधिका लागि जारी हुने २ अर्व रुपैयाँ बराबरको ट्रेजरी बिल २०७७ मंसिर ३० गते परिपक्क हुनेछ।

Read More
  • EBL Ad news