सिद्धार्थ बैंकले बिहीबार धनुषाको विद्यापति चोक शाखा र जनकपुर शाखाको औपचारिक उद्घाटन गरेको छ।
बैंकको विद्यापति चोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक जनकपुर शाखाका निर्देशक हेम प्रसाद न्यौपानेले गरेका थिए। जनकपुर शाखाको उद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार शाहले गरेका थिए।
बैंकले विद्यापति चोक शाखा गत २०७५ फाल्गुण २२ गते र जनकपुर शाखा २०७५ चैत्र १७ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो।