लक्ष्मी बैंकले शुरु गर्यो एनिमेटेड भाइबर सेवा


  • KBL News Ad
  • ADBL
  • City Express
लक्ष्मी बैंकले शुरु गर्यो  एनिमेटेड भाइबर सेवा

काठमाडौं - लक्ष्मी बैंकले नेपाली एनिमेटेड प्याकको शुरु गरेको छ । भाइबर च्याटमा कुराकानीलाई अझ बढी रोमाञ्चक बनाउने उद्देश्यले सोमबारदेखि भाइबरमा १६ प्रकारका स्टिकर रहेको एनिमेटेड भाइबर–स्टिकर सेटको प्रारम्भ गरेको हो । 
भाइबरमा भएका स्टिकरहरु रमाइलो एवं रंगीन अभिव्यक्तिको माध्यम भएकाले लक्ष्मी बैंकको “ग्रिटिङ्स फ्रर्म लक्ष्मी” प्याकले पनि त्यसलाई सघाउने अपेक्षा गरिएको छ । भाइबर च्याटमा मौद्रिक भाषामा समयानुकुल कुराकानी गर्न, धन्यवाद व्यक्त गर्न तथा अन्य सन्देशहरु आदानप्रदान गर्न अब लक्ष्मी बैंकको रचनात्मक भाइबर स्टिकरहरु प्रयोग गर्न सकिनेछ ।

Read More
  • EBL Ad news