नेपाल बंगलादेश बैंकको लाभांश पाउने आज अन्तिम अवसर


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल बंगलादेश बैंकको लाभांश पाउने आज अन्तिम अवसर

काठमाडौं : नेपाल बंगलादेश बैंकको १२% लाभांश सुरक्षित गर्ने आज बुधबार (मंसिर २५ गते) अन्तिम मौका हो । पुस ७ गते वार्षिक साधारण सभा बोलाएको यस कम्पनीले बिहीबार (मंसिर २६ गते) बुक क्लोज गर्दैछ । यसर्थ, बुधबारसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । बंगलादेश बैंकले गत आर्थिक वर्षको कमाईबाट ५% बोनस र ७% नगद लाभांश दिन लागेको हो ।

साधारण सभा राष्ट्रिय सभा गृहमा बिहान ९ बजे सुरु हुनेछ । कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । बैंकको आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि हुनेछ ।  

Read More
  • MBL