डेपुटी गभर्नर दोषी छानबिन समितिको निष्कर्ष, सरकारले बर्खास्त गर्नसक्ने संभावना


  • KBL News Ad
  • ADBL
  • City Express
डेपुटी गभर्नर दोषी छानबिन समितिको निष्कर्ष, सरकारले बर्खास्त गर्नसक्ने संभावना

अर्थ संसार, काठमाडौं–  छानबिन समितिले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई दोषी ठहर गरेको छ । श्रेष्ठमाथि लगाइएका आरोप छानबिन गर्न गठन गरिएको नेपाल राष्ट्र बैंकको अध्ययन समितिले निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि लागेको सत्य भएको बताएको हो । समितिले १ महिना लगाएर तयार पारेको प्रतिवेदन मंगलबार साँझ राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई बुझाएको छ ।
 
केन्द्रीय बैंकले सञ्चालक समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुबोधकुमार कर्ण सदस्य रहेको अध्ययन समिति गठन गरेको थियो । सोही समितिले गभर्नर नेपाल समक्ष प्रतिवेदन बुझाएको हो । अध्ययन समितिले लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको तथा रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको निष्कर्ष निकालेको छ ।

Read More
  • EBL Ad news