राष्ट्र बैंकले तोकेको कृषि अनुदान कर्जा : यस्ता छन् विशेषताहरु


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकले तोकेको कृषि अनुदान कर्जा : यस्ता छन् विशेषताहरु

सहुलियत व्याजमा पाइने कर्जा बैंक तथा वित्तीय संस्थाले विभिन्न आठ क्षेत्रमा दिन्छन् । हरेक क्षेत्रका लागि छुट्टाछुट्टै कर्जा सीमा राष्ट्र बैंकले तोकिदिएको छ । व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा पनि यसैअन्तर्गत पर्दछ ।

कति पाइन्छ ?
यस शीर्षकमा बैंकहरुले पाँच करोड रुपैयाँसम्म कर्जा प्रदान गर्दछन् । बढीमा पाँच वर्षसम्मका लागि यस्तो कर्जा पाइन्छ । किस्ता भुक्तानीको अवधि कर्जाको प्रकार, रकम, उद्देश्य र जोखिमको स्तर हेरेर बैंकहरुले निर्धारण गर्न सक्ने व्यवस्था छ । बैंकहरुले आफ्नो आधार व्याजदरमा बढीमा दुई प्रतिशत थप गरी कर्जा दिन्छन् । व्याजभन्दा बाहेक थप शूल्क लिन नपाउने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाहरूले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा प्रवाह गर्दा दश लाख रुपैयाँसम्म सामूहिक जमानीका आधारमा र त्यस भन्दा बढी व्यवसायिक परियोजना धितोमा कर्जा प्रवाह गर्न सक्ने व्यवस्था छ । यस्तो कर्जा प्रवाह गर्दा परियोजनाको सम्भाव्यतालाई मुख्य आधारको रूपमा लिनु पर्ने छ ।

व्याज अनुदान कति ?
बैंक तथा बित्तीय संस्थाले दिने कर्जामा निर्धारण गरेको ब्याजदर मध्ये पाँच प्रतिशत ब्याजदर अनुदान सुविधा उपलब्ध छ । पाँच करोड रुपैयाँ भन्दा बढीको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जामा भने दुई प्रतिशत मात्र ब्याजदर अनुदान उपलब्ध गराइन्छ ।

Read More
  • EBL Ad news